भारतीय सेनाध्यक्षलाई नेपालको मानार्थ महारथीको सम्मान प्रदान

भारतीय सेनाध्यक्षलाई नेपालको मानार्थ महारथीको सम्मान प्रदान
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी पदबाट बिहीवार सम्मान गरेकी छिन् ।

शीतल निवासमा आयोजित विशेष कार्यक्रममा उक्त दर्जा प्रदान गरिएको हो ।
समारोहमा जनरल नरवणेलाई खड्ग तथा सनद–पत्र पनि प्रदान गरिएको थियो ।
समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र दुवै देशका वरिष्ठ अधिकारीको सहभागिता थियो ।

विगत सात दशकदेखि दुवै देशका सेनाबीच एक अर्काको सेना प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा अनुसार उक्त सम्मान प्रदान गरिएको हो ।
गत जनवरीमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले नयाँ दिल्लीमा आयोजित एक समारोहमा नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापालाई भारतीय सेनाको मानार्थ महारथी पद प्रदान गरेका थिए ।