मनोज गजुरेलको फोक्सोमा समस्या भएपछि आइसीयूमा उपचार हुँदै

मनोज गजुरेलको फोक्सोमा समस्या भएपछि आइसीयूमा उपचार हुँदै
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । कोरोना संक्रमण भएका बरिष्ठ हास्यकलाकार मनोज गजरेल बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार गराइरहेका छन् । फोक्सोमा समस्या देखिएपछि उनलाई आइसीयूमा राखेर उपचार गरिएको छ ।

गजुरेललाई गत १० कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनले फेसबुकबाट आफूलाई कोभिड १९ पोजिटिभ देखिएको जानकारी गराएका थिए । त्यसयता उनी घरमै आइसोलेसनमा बसिरहेका थिए ।

तर अक्सिजन लेभल कम भएपछि उनलाई बिहिबार सशस्त्र प्रहरी अस्पताल लगिएको थियो । अस्पताल जानुपूर्व उनले फेसबुकमा स्टाटस लेखेका थिए । आफूलाई पूर्ण सुधार नभएको र र शरीरले फरक फरक प्रतिक्रिया देखाइरहेको उनले जानकारी दिएका थिए ।

अस्पतालमा स्वास्थ्य परिक्षणपछि उनको फोक्सोमा पानी जमेको चिकित्सकहरुले बताएका छन् । गजुरेलका निकट हास्यव्यंग्य कवि लक्ष्मण गाम्नाङेले अवस्था धेरै गम्भिर नरहेको बताए ।