कोरोना लागेर गाडेको शव पाँच महिनापछि झिकेर दाहसंस्कार

अर्घाखाँची । अर्घाखाँचीमा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका एक जनाको शव गाडेको ५ महिनापछि उत्खनन् गरेर दाहसंस्कार गरिएको छ ।
मालारानी गाउँपालिका –४ का ५७ वर्षीय यमप्रसाद खनालको गत २०७७ जेठ २७ गते बुटवलबाट उपचार गरेर फर्कने क्रममा पत्थरकोटमा मृत्यु भएको थियो । मृत्यु पछि उनको कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो ।
उनको शव करीब ५ महिनापछि उत्खनन् गरेर हिन्दु परम्परा अनुसार दाहसंस्कार गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी रामनारायण गुप्ताले जानकारी दिए ।
मृत्युपछि परिवारले परम्परा अनुसार काजकिरिया गर्न पाएका थिएनन् । कोरोना पोजेटिभ देखिएपछि शव व्यवस्थापनबारे विवाद हुँदा शव दुई दिनसम्म खुल्ला चौरमा राखिएको थियो ।
अहिले ५ महिना पछी शव उत्खनन् गरेर हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको स्थानीय प्रकाश खनालले जानकारी दिए ।।

प्रतिकृया दिनुहोस्