June 21, 2021, Monday
२०७८ असार ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

प्रहरी हत्याकाण्डमा संलग्न व्यापारी गुप्ता पक्राउ

प्रहरी हत्याकाण्डमा संलग्न व्यापारी गुप्ता पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनगढी । धनगढी–१०, वनकट्टी घाटमा प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको हत्याकाण्डसँग जोडिएको मटर तस्करीमा संलग्न भएको आरोपमा धनगढीका एक व्यापारी पक्राउ परेका छन् ।

अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रहरी इन्चार्ज तथा प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउँदको हत्या अनुसन्धानका क्रममा धनगढी शिवनगरका व्यापारी राजिव गुप्ताको संलग्नता देखिएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी दिलिप देउवाले प्रहरीको हत्या भएको राति वनकट्टी घाटमा तस्करी भएको सामानमा गुप्ताको ‘कनेक्सन’ जोडिएकाले उनलाई पक्राउ गरिएको बताए । कात्तिक १ गते रातिको समयमा वनकट्टी घाटमा अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक विक र प्रहरी जवान साउँदको घाँटी रेटेर हत्या गरिएको थियो । हत्यामा संलग्न भएको भन्दै प्रहरीले आठ जनालाई पक्राउ गरेको थियो भने एक जना फरार छन् ।