गुणस्तरहीनकालोपत्रे स्थानीयले हातैले उप्काईदिए

गोरखा । गोरखाको बाह«किलो बारपाक सडक खण्डको छेवेटार सेक्सनमा गरिएको कालोपत्रे गुणस्तरहीनभएको भन्दै स्थानीयले उप्काईदिएका छन् । सडकको दुबैतर्फ बन्द गरेर बिच भागमा निर्माण कम्पनीले मापदण्ड पुरा नगरी कालोपत्रे गरेपछि स्थानीयले हातैले कालोपत्रे उप्कादिए ।
‘हातले कोट्याउँदाआउने यो कस्तो कालोपत्रे हो’ स्थानीय इश्वर बस्नेतले भने । उक्त सडकखण्ड गोरखा एप्रोपिरेट प्रालीले निर्माण जिम्मा लिएको हो ।
एक किलोमिटर पाँचसय मिटर सडक कालोपत्रे गर्न एक करोड ७७ लाखामा सम्झौता भएको थियो । एघार किलो छेवेटार भालुस्वाँरा सडक आयोजना कार्यालयले २०७६ बैशाख ३० गते भित्र सिध्याउनु पर्ने सम्झौता गरेको थियो । कोभिड १९ को प्रभावका कारण निर्माण कम्पनीलाई छ महिना म्याद थप भएको छ ।
मंसिर ३० सम्मसिध्याउनुपर्ने कालोपत्रे समय घर्किएकाले ब्यवसायीले हतारहतार गरेका छन् । निर्माण कम्पनीको मनपरीका कारण कालोपत्रे गुणस्तरीय नभएको कार्यालयका इन्जिनियर राजेश यादबले बताए । ‘गुणस्तरहीन भएको ठाउँमा भत्काएर पुनकालोपत्रे गर्न लगाउँने ईन्जनियर यादवले बताए ।

प्रतिकृया दिनुहोस्