महालक्ष्मी नगरपालिकाले कोरोना संक्रमितलाई उपचार खर्च दिने

महालक्ष्मी नगरपालिकाले कोरोना संक्रमितलाई उपचार खर्च दिने
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा। धनकुटाको महालक्ष्मी नगरपालिकाले कोरोना संक्रमितको स्वास्थ्य अवस्था गम्भिर भएर आईसीयूमा भर्ना भई उपचार गर्नु परेमा उपचार खर्च सहयोग गर्ने भएको छ । नगर कार्यपालिकाको बैठकले आईसीयूमा उपचार गराउनुपर्ने विरामीको उपचार खर्च वापत प्रतिव्यक्ति २५ हजारसम्म आर्थिक सहयोग गर्ने निर्णय गरेको मेयर पर्शुराम नेपालले बताए ।

त्यस्तै महालक्ष्मी नगरले लक्षणयुक्त बिरामी देखिए पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएमा परीक्षण शुल्कमा ५० प्रतिशत रकम सहयोग गर्ने भएको छ । लक्षण देखिएकालाई नगरका स्वास्थ्यकर्मीले स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाउँछन् । संक्रमण पुष्टि भएमा पीसीआर ल्याबमा, परीक्षण बापत लाग्ने शुल्कको आधा रकम नगरपालिकाले बेहोर्ने निर्णय भएको मेयर नेपालले बताए ।

संक्रमण पुष्टि भएका संक्रमितलाई अस्पताल लैजान एम्बुलेन्स निःशुल्क उपलब्ध गराउँने र संक्रमितको मृत्यु भएमा शव वाहन खर्चसमेत नगरपालिकाले नै बेहोर्ने नगर प्रमुख नेपालले जानकारी दिए ।