अदालतको आदेशपछि राजपुर बम काण्डको साक्षीहरुको बयान लिने कार्य सुरु
रौतहट । चर्चित राजपुर बमकाण्ड मुद्दाको विषयमा बुधबारदेखि अदालती कारबाही अगाडि बढाइएको छ । रौतहटको राजपुर बम काण्डको मुद्दाअन्तर्गत जिल्ला अदालत गौरको आदेशबाट साक्षी बकपत्र सुरु भएको छ ।
राजपुर बम काण्डमा संलग्न व्यक्तिहरुको विरुद्ध जिल्ला अदालत गौरमा चल्दै आएको मुद्दामा दशै पर्व अगाडि कार्तिक १९ गते साक्षी बकपत्र गराउने आदेश भएको थियो । सोही आदेशबमोजिम वादी र प्रतिवादीको साक्षी बकाउने काम तोकिएकै मितिमा सुरु भएको हो । मुदामा वादी र प्रतिवादी गरी २२ जनाको बयान लिइने जानकारीमा आएको छ ।
उक्त वम विस्फोटन काण्डमा गम्भीर घाइते भए पनि बाँच्न सफल भएको भारत विहार सितामढी जिल्ला मुसाचक गाउँका गौरीशंकर रामको बुधवार दिउसो १ बजे बान लिएको जिल्ला अदालत गौरका श्रेस्तेदार सुशीलकुमार यादवले जानकारी दिएका छन् ।
२०६४ चैत २८ मा संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा राजपुरस्थित शेख इद्रिसको गोठघरमा बम बनाउन लगाएको र त्यस क्रममा विस्फोट भएको थियो । विस्फोटमा परी हाल यमुनामाई गाउँपालिका सरुअठाका श्रीनारायण सिंहका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंहसंगै ३ जनाको मृत्यु भएको थियो । घाइते भएको गरी २३ जनालाई इँटाभटामा हालेर प्रमाण नष्ट गर्ने प्रयास गरिएको आरोप रहेको छ ।
घटनापछि मृतक र घाइतेलाई इँटाभट्टामा हालेर जलाएको भन्दै बेपत्ता भएका पिन्टुका बुबा श्रीनारायण राजपुतले दिएको जाहेरीका आधारमा प्रहरीले २०७६ असोज २६ गते नेपाली काँग्रेसका तात्कालीन सांसद एवं युवा नेता महम्मद आफताव आलमलाई प्रहरीले नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

प्रतिकृया दिनुहोस्