वीपीको गाइनो वार्डमा बिरामी भर्ना बन्द

वीपीको गाइनो वार्डमा बिरामी भर्ना बन्द
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धरान । अप्रेशन गर्न आवश्यक पर्ने सर्जन गाउन, ड्रेपलगायत कपडा पर्याप्त उपलब्ध नभएको भन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गाइनो विभागले गर्भवतीहरुलाई भर्ना लिन बन्द गरेको छ ।

विभागले भर्ना नलिएपछि शुक्रबार बिहानैदेखि गाइनो इर्मजेन्सी पुगेका गर्भवतीहरु विचल्ली भएर फर्किरहेका छन् । कतिपयलाई परिवारजनले अन्यत्र अस्पतालतिर लिएर गएका छन् ।   प्रतिष्ठानका गाइनो विभागका चिकित्सकहरुका अनुसार लण्ड्री मेशिनमा झण्डै एक महिनादेखि समस्या छ  । मेशिनमा काम गर्ने केही कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको छ । जसले गर्दा अप्रेशनमार्फत डेलिभरी गर्दा सर्जनलाई आवश्यक पर्ने गाउन, विरामीलाई चाहिने कपडा लण्ड्रीबाट उपलब्ध भएको छैन । ‘इर्मजेन्सीमा अप्रेसन १४÷१५ वटा पनि पुग्नसक्छ । अहिले लण्ड्रीबाट गाउन, ड्रेप चाहिए जति आइरहेको छैन । त्यसैले हिजो साँझदेखि कसैलाई पनि भर्ना नलिनु भनेको बताइएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक डा.गौरीशंकर साहले लण्ड्रीको समस्या समाधान भइसकेको दाबी गरे ।