टान पश्चिमाञ्चलमा सुशील पौडेलको नेतृत्व

पोखरा । ट्रेकिङ एजेन्सिज एशोसियसन अफ (टान) पश्चिमाञ्चल अध्यक्षमा सुशील पौडेल सर्वसम्मत चयन भएका छन् । टान पश्चिमाञ्चलको सोह्रौं अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको प्रथम उपाध्यक्षमा धर्मराज पन्थी र द्वितीय उपाध्यक्षमा कृष्ण आचार्य निर्वाचित भएका छन् । त्यस्तै सचिवमा मिलन तिवारी निर्विरोध चयन भएका छन् । सहसचिवमा रेशव अधिकारी र कोषाध्यक्ष्ँमा किसमकुमारी गुरुङ निर्वाचित भएका हुन् ।
अधिवेशनबाट सदस्यमा दीपक सापकोटा, अनिल थापा, मोहन सुवेदी, गोपाल संग्रौला, लक्ष्मी कोईराला र विकास गुरुङ चयन भएका छन् ।

प्रतिकृया दिनुहोस्