पैसा चोरेको उजुरी परेपछि एक युवतीद्वारा आत्माहत्या

इटहरी । सुनसरीको इटहरीमा एक युवतीले पैसा चोरेको अभियोग लागेपछि आत्माहत्या गरेकी छन् ।
मोरङ लेटाङ् घर भई इटहरी वडा नं. १२ को रिलायन्स स्पिनिङ् मिलमा कार्यरत २३ वर्षे सिर्जना राईंले आत्माहत्या गरेको प्रहरीको दावी छ ।
घटनाक्रम अनुसार दुई दिनअघि मिलमै कार्यरत उदयपुर वेलकाकी २८ वर्षे प्रनिसा राईंको कोठाबाट ६२ हजार रुपैयाँ पैसा हरायो । प्रनिसा र सिर्जना मिलकै आवासीय वल्लोपल्लो कोठा बस्थे । सिर्जनाको कपाल बाध्ने सामग्री प्रनिसाको कोठामा भेटेपछि पैसा लगेको आशंका गरिन् । पैसा नचोरेको बताएकी सिर्जनालार्ईं पैसा तिराउने कागज समेत गराइयो । उद्योग प्रशासन समक्ष पैसा हराएको विषय पुगेको थियो । तर, उद्योग प्रशासनले पनि आफै मिल्न सुल्झाएको थियो । सिर्जना विहीबार ‘पैसा मैले लगेको छैन, तिर्दिन’ भने पछि प्रनिसाले प्रहरीमा उजुरी गरेको थिईन ।
प्रहरीले शुक्रबार सिर्जना र प्रनिसालाईं छलफलका लागि डाकेको थियो । तर, विहीबार राति नै सिर्जनाले आत्माहत्या गरेको इटहरीका डिएसपी अर्जुन केसी बताए ।
मृतकका आफन्तले भने शुक्रबार उद्योग क्षेत्रमा केही बेर ढुंगामुढा प्रहार गरे । मृतकका आफन्तसँग बसेर सम्झौता गर्न माग राखेर उद्योग अगाडि ढुंगामुढा प्रहार गरेको उद्योगका प्रमुख प्रशासकीय अधिृकत महेष पोखरेलले बताए ।

प्रतिकृया दिनुहोस्