June 21, 2021, Monday
२०७८ असार ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

यातायात क्षेत्रमा करोडौं नोक्सानी

यातायात क्षेत्रमा करोडौं नोक्सानी
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

इलाम । काेराेनाले मानिस आउ–जाउ शून्य हुँदा पर्यटकीय जिल्ला इलामको यातायात व्यवसायमा गम्भीर असर पुगेको छ । बैंकबाट ऋण काढेर लगानी गरिएका सवारी साधन ठप्प हुँदा व्यवसायीलाई करोडौं रुपैयाँको नोक्सान भएको छ ।

पर्यटक आउँदा खचाखच हुने सवारीका साधन व्यवसायीको घर–आँगनमै थन्किएका छन् । व्यवसाय नचल्दा यी क्षेत्रमा आश्रित हजारौंको रोजगारीसमेत गुमेको छ । कतिपय कामदार गरिआएको कामबाट पलायन भइसकेका छन् ।

जिल्लाका यातायात व्यवसायीलाई पनि लकडाउन अवधिमा १५ करोड रुपैयाँभन्दा बढीको घाटा भएको अनुमान छ । व्यवसायीका अनुसार दिनमा कम्तीमा २ हजार रुपैयाँ नाफा नभएसम्म कुनै सवारी साधन चल्न सक्दैनन् । पूर्वेली जिप तथा ट्याक्सी व्यवसायी प्रालि अध्यक्ष गृष्म सुब्बा बैंकको ब्याज, सवारी साधनको बिमा, कर र त्यसमा आश्रित श्रमिकका लागि एउटा सवारीले दिनमा कम्तीमा २ हजार रुपैयाँ बचत गर्नुपर्ने बताउँछन्

सरकारले निश्चित मापदण्ड र नियम तोकेर सार्वजनिक यातायातका साधन चलाउन अनुमति दिएको छ । तर, सर्वसाधारण यात्रु नै गाडी चढ्न नआउने गरेको उनले सुनाए । गाडीमै वर्षाैंसम्म श्रमिक भएपछि ऋण÷सापट गर्दै, भएको घर–जग्गासमेत धितो राखेर नयाँ सवारी साधन किन्ने ८० प्रतिशतजति व्यवसायी छन्,’ उनले भने, ‘मालिक पनि आफैं, श्रमिक पनि आफैं भएका सवारी साधनका सञ्चालक नराम्ररी फसेका छन् ।’

यातायात व्यवसायीले बैंकबाट लिएको ऋणमा जरिमानामात्र नभई ब्याज छुटको सुविधा माग गरेका छन् । सरकारले ब्याजमात्रै छुट दिँदा पनि व्यवसायीको घाटा पुर्ताल चाहिँ हुँदैन ।’ सवारी साधनका श्रमिक लामो समय कामविहीन हुँदा उनीहरूलाई घर–परिवार चलाउनै सकस भइसकेको व्यवसायीले जनाएका छन् ।