गण्डकी प्रदेशमा कोरोनाले मृत्यू हुनेको संख्या १०० पुग्यो

पोखरा । गण्डकी प्रदेशमा कोरोनाले मृत्यू हुनेको संख्या १०० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाले ४ जनाको ज्यान गएसँगै गण्डकी प्रदेशमा कोरोनाले मृत्यू हुनेको संख्या १०० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
जसमा कास्कीका ४१, नवलपुरका १८, तनहुँका १४, गोरखाका ८, बागलुङका ८, स्याङ्जाका ७, म्याग्दीका २, पर्वतका १ र लमजुङका १ जना रहेको निर्देशनालयको वेभसाईटमा उल्लेख छ ।
पछिल्लो पटक गण्डकी प्रदेशको पोखरा महानगरपालिका वडा नम्बर १० का ५७ वर्षिय कोरोना संक्रमितको मृत्यू भएको जनाइएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत उनको गएराती ११ः३० मा उपचारकै क्रममा मृत्यू भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनलाई कात्तिक २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिकृया दिनुहोस्