सट्टाबाजी खेलिरहेका चार जना पक्राउ

खोटाङ । खोटाङमा सट्टाबाजी (जुवातास) खेलिरहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पैसा हारमार हुनेगरी सट्टाबाजी खेलिरहेको अवस्थामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका सुजन ताम्राकार, युधिर शाक्य, दिनेशकुमार केसी र विनोद उदासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरिक्षक गोबिन्द शाहले बताए । दिक्तेलको त्रिबेणीचोकस्थित शारदा श्रेष्ठको घरमा कोठा लिएर बस्ने उदासको कोठामा सट्टाबाजी खेलिरहेको अवस्थामा उनीहरुलाई बिहिबार प्रहरीले पक्राउ गरेको हो । चार जनालाई प्रहरीको गस्ती टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले उपलव्ध गराएको विवरणमा उल्लेख छ । पक्राउ परेका प्रतिवादी बिरुद्ध अनुसन्धान अघि बढाइएको प्रहरी निरिक्षक शाहले बताए ।
सट्टाबाजी खेरिहेको ठाउँबाट प्रहरीले नगद ४८ हजार ९९०, कौडा २० थान, खुला तास ५८० पिस, बन्द तास २ प्याकेट, मकै २ सय दाना, स्टील प्लेट २ थान, गलैंचा २ पिस, श्रृखण्ड २ टुक्रा र मोबाईल बरामद गरिएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्