स्वास्थ्यकर्मीलाई संक्रमण भएपछि रोल्पा अस्पताल बन्द

रोल्पा । रोल्पा अस्पताल अर्को सुचना नभए सम्मका लागि बन्द गरिएको छ । अस्पतालमा कार्यरत एक डाक्टर सहित ७ जनामा कोरोना संक्रमण पुष्टी भएपछि जिल्ला कोभिड संकट ब्यबस्थापन समितिको बैठकको निर्णयबाट ईमरजेन्सी सेवा बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरिएको हो । अस्पतालमा भर्ना भएका एक जना बिरामी रेफर गरेर नेपालगञ्जमा पुगेपछि कोरोना संक्रमण पुस्टी भएपछि अस्पतालका स्वास्थ्यकर्मीको स्वाब परिक्षण गरिएको थियो ।
शनिबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले जलजला बहुमुखी क्याम्पसमा संन्चालनमा रहेको अस्थायी आईसोलेशन केन्द्रलाई सदरमुकाम नजिकै गुरुङगाउँमा रहेको बहुउद्येश्य भबनमा सार्ने निर्णय समेत गरेको छ । बैठकले अस्पतालमा देखिएका ७ जना स्वास्थ्यकर्मी र एक जना भर्ना भएका बिरामीलाई अस्थायी आईसोलेशन केन्द्रमा लैजाने निणर्य समेत गरिएको छ ।
त्यसै गरि ईलाका प्रहरी कार्यालय सुलिचौरमा कार्यरत ६ जना प्रहरी र एक जना थुनुवामा समेत संक्रमण देखिएकाले उनिहरुलाई पनि अस्थायी आईसोलेशन केन्द्रमा ल्याईने छ ।

प्रतिकृया दिनुहोस्