अवैध रुपैयाँ र सुनसहित एक भारतीय नागरिक पक्राउ

मोरङ । सशस्त्र प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट एक भारतीय नागरिकलाई अवैध रुपैयाँ र सुनसहित बिहीबार साँझ पक्राउ गरेको छ ।
विराटनगर–१७ स्थित इस्लामपुरबाटविहारको अररिया जिल्ला जोगबनी–१३ का २५ वर्षीय दीपककुमार भगतलाई नेपाली रुपैयाँ ६ लाख ६२ हजार ६ सय ५० र २ सय ९० ग्राम बराबर सुनका गहनासहित सशस्त्र प्रहरीले पक्राउ गरेको जनाएको छ ।
‘भगत बारम्बार नेपाल–भारत ओहोरदोहर गरेको देखेर शंका लागी चेक गर्दा उनको साथबाट स्रोत नखुलेको नेपाली रुपैयाँ र सुन फेला पा¥यौं,’ सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले बताए ।
सशस्त्र प्रहरीका अनुसार भगतले खुट्टामा टेपले बाँधेर नेपाली रुपैयाँ र कटुभित्र प्लाष्टिकको पोकामा लुकाएर ल्याइएको २४ लाख १२ हजार मूल्य बराबरका सुनका गहना बरामद गरेको हो । भगतका साथबाट सुनका ३७ पिस लकेट, ४ पिस ब्रासलेट, १० पिस झुम्का र २ पिस चुरा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्