अमेरिकाको राष्ट्रपतिमा बाइडेन बिजयी, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले दिए बधाइ

एजेन्सी । जो बाइडन अमेरिकी राष्ट्रपति निर्वाचित भएका छन्। उनी प्रतिस्पर्धात्मक निर्वाचनमा डोनल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६औँ राष्ट्रपति हुने भएका छन्।
पेन्सिल्भेनिया र नोभोडा राज्यमा विजयी भएसँगै डेमाक्र्याटिक पार्टीका उम्मेदवार अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका छन् । तर उनका सामु कानुनी चुनौतीहरू भने बाँकी छन्।
उनले यो महत्त्वपूर्ण राज्यमा जित हासिल गरेपछी उनीसँग २९४ इलेक्टोरल कलेज मत हुनेछ । जितका लागि आवश्यक २७० मत भन्दाभए पर्याप्त थियो ।
उता ट्रम्प पक्षले हार स्वीकार नगर्ने सङ्केत दिएको छ। यो नतिजाले ट्रम्पलाई सन् १९९० यता पहिलो एक कार्यकालमात्रै शासन गर्ने अमेरिकी राष्ट्रपति बनाएको छ ।
निर्वाचनमा बाइडनले सात करोड ३० लाखभन्दा बढी मत प्राप्त गरेका छन् जुन कुनैपनि अमेरिकी राष्ट्रपतिले हालसम्म प्राप्त गरेको मतभन्दा बढी हो । ट्रम्पको लगभग सात करोड छ जुन इतिहासमै राष्ट्रपतीय उम्मेदवारले पाएको दोस्रो ठूलो मतसङ्ख्या हो।
प्रधानमन्त्री ओली दिए बधाइ
प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको ४६औं राष्ट्रपति जो बाइडनलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत नवनियुक्त राष्ट्रपति बाइडन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका हुन ।
आइतबार बिहानै बाइडन र ह्यारिसलाई मेन्सन गर्दै प्रधानमन्त्री ओलीले लेखेका छन् ‘हार्दिक बधाई तपाईँहरूको प्रभावशाली र ऐतिहासिक जीतमा । म हाम्रा दुई देशहरूबीच मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन नयाँ अमेरिकी नेतृत्वसँग नजिकबाट काम गर्ने आशा गर्दछु ।’

प्रतिकृया दिनुहोस्