सल्यानमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु

सल्यानमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सल्यान । दाङको तुलसीपुरबाट रोल्पाको सुखाओढार जाँदै गरेको जीप शनिबार बेलुका सल्यानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। लु १ ज २९११ नम्बरको जीप सल्यानको छत्रेश्वरी गाउँपालिका–४ दिवागघारीमा दुर्घटना हुँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा परी मृत्यु हुनेमा गंगादेव गाउँपालिका–७ निवासी ३५ वर्षीय जीप चालक भिमबहादुर वली, सोही ठाउँका १७ वर्षीय भिमराज बुढा र गंगादेव गाउँपालिका–५ निवासी ६५ वर्षीय गजबहादुर बुढा रहेको रोल्पा प्रहरी प्रमुख नरेशराज सुबेदीले बताए। जीपमा सवार अन्य पाँच जना भने सुकशल रहेका छन्।

रोल्पा बुढागाउँ स्थीत प्रहरी चौकिका प्रहरी र स्थानीयले उद्यार गरेका थिए। मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि सल्यान अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।