साउदी अरबमा बन्धक नेपाली महिलाको उद्दार भएन

साउदी अरबमा बन्धक नेपाली महिलाको उद्दार भएन
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । साउदी अरबको एउटा घरमा  बन्धक जीवन बिताइरहेकी झापाकी एक महिलाले उद्धारका लागि सरकारी सहयोग लागि अग्रह गरेकी छन्। झापा मेचीनगर १ तिरिङकी बासिन्दा शर्मिला किसान मगर, नेपाली दलालको फन्दामा परेर अर्काकै नागरिकतामा साउदी पुगेयता बेपत्ता थिइन्।

यतिका समय परिवारको सम्पर्क बाहिर रहेकी उनी दुई महिनायता मात्रै सम्पर्कमा आएकी हुन्। उनले आफू उद्धार कुरेर बसेको बताइन्। ‘मलाई यहाँ कसैसँग बोल्न दिँदैनन्, बन्दी जस्तो बनाएका छन्’, उनले भनिन् ‘अहिले पनि दश रुपैयाँ सापटी खोजेर फोनमा पैसा हालेर बाथरुमबाट बोल्दैछु। यहाँ दुतावासमा नौ महिनासम्म फोन गरें, कसैले केही सहयोग गरेनन्।’

उनी पाँच कट्ठा पाखोबारी बन्धकी राखेर भारतीय बाटो हुँदै विदेशिएकी थिइन्। निरक्षर उनलाई दलालले झापाकै लखनपुर ४ ठेगाना भएको लीलामाया धिमालको नाममा विदेश पुर्याइएको थियो।

साउदीमा बालबच्चा हेर्ने काम गरिरहेकी उनले आफूलाई तलब नदिएका कारण साथमा एकै पैसा पनि नभएको बताइन्। ‘मालिकको छोराले पिटेका कारण एउटा आँखा नदेख्ने भएकी छु, उनले भनिन् । झापामा रहेका परिवारजनले पनि उनको उद्धारका लागि सरकारसँग आग्रह गरेका छन्। नागिरकबाट