कोरोनाका कारण सल्यानका दुईजनाको मृत्यु

कोरोनाका कारण सल्यानका दुईजनाको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सल्यान । कोरोना भाइरस (कोभिड–१९) का कारण कर्णालीका थप दुईजनाको मृत्यु भएको छ । सल्यानको शारदा नगरपालिका–१, का ६७ वर्षीया पुरुष र छत्रेश्वरी गाउँपालिका–७, घर भइ हाल श्रीनगरमा व्यवसाय गर्दै आएका ६१ वर्षीय पुरुषको मृत्यु भएको हो ।

६७ वर्षीय पुरुषको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा कोरोना परीक्षण गरिएको थियो । ‘कोरोना संक्रमण पुष्टि भएपछि उहाँ (मृतक) छोरीको घरमा बस्नु भएको थियो,’ जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन लिखाराम पुनले भने, ‘उहाँको होम आइसोलेसनमै मृत्यु भयो ।’ मृतक टाइफाइटको बिरामीसमेत थिए । त्यस्तै ६१ वर्षीय पुरुषको मृत्युपछि स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो । उनी सुगर र प्रेसरको बिरामी भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक ओम शर्माले जानकारी दिए ।