वीपीमा धनकुटाका कोरोना संक्रमितको निधन

वीपीमा धनकुटाका कोरोना संक्रमितको निधन
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा धनकुटाका एक जना कोरोना संक्रमित वृद्धको निधन भएको छ ।

धनकुटाको पाख्रीबास–३ का ७२ बर्षीय वृद्धको उपचारको क्रममा निधन भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार उनको दिउँसो १ बजेर ५ मिनेटमा मृत्यु भएको हो । कार्तिक २० गते कोरोना संक्रमण पुष्टि भएका ती वृद्धलाई हिजो २२ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको सहप्रवक्ता डा.श्रेष्ठले जानकारी दिए । उनको शव नियमअनुसार व्यवस्थापनको तयारी भइरहेको पनि प्रतिष्ठानले जनाएको छ ।