यातायात कर्मचारी मृत भेटिए

यातायात कर्मचारी मृत भेटिए
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कालिकोट । कालीकोटस्थित यातायात कर्मचारीका रुपमा काम गर्दै आएका एकजना पुरुष मृत अवस्थामा भेटिएका छन् । खाडाँचक्र नगरपालिका–२, घर भइ हाल लालीघाटस्थित मध्यपश्चिम बस समितिको टिकट काउन्टरमा काम गर्ने २५ वर्षीय कृष्ण खड्का मृत अवस्थामा भेटिएका हुन् ।

नरहरिनाथ गाउँपालिका¬–१ लालीघाटस्थित सडकदेखि करिब २० मिटर तल भीरमा उनको शव भेटिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माधव श्रेष्ठले जानकारी दिए ।