लागु औषधसहित एक जना पक्राउ

लागु औषधसहित एक जना पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विराटनगरबिराटनगर महानगरपालिका १६ स्थित दक्षिण गेटबाट लागु औषधसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको पिकेट टोलीले लागुऔषधसहित सुनसरी बराहक्षेत्र नगरपालिका २ घर भई हाल बिराटचौक बस्ने बर्ष १४ को डम्बर बहादुर कुमरलाई लागु औषधसहित नियन्त्रणमा लिएको हो ।

प्रहरी टोलिले चेकजाँच गर्दा उसको साथबाट लागुऔषध फेला  परेको थियो । बालकको साथबाट एभिल–७, लुपिजेसिक–७, फेनारगन–६, डाइजेपाम–६ गरी जम्मा २६ एम्पुल लागु औषध बरामद गरिएका प्रहरीले जनाएको छ । बालकलाई  कसैले भरिया बनाएर लागुऔषध बोकाएको हुनसक्ने भन्दै प्रहरीले विस्तृतमा अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रबक्ता मानबहादुर राईले जानकारी दिए ।