सहायक क्याम्पस प्रमुख पौडेलको दुर्घटनामा मृत्यु

सहायक क्याम्पस प्रमुख पौडेलको दुर्घटनामा मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बुटवलबुटवल बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डा शिव पौडेलको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका १ शंकरनगर निवासी पौडेलको आज बिहान आफ्नै घर अगाडी स्कुटर दुर्घटनामा परी मृत्यु भएको हो ।

घर अगाडीको सडकमा स्कुटर चलाउन सिक्दै गर्दा आफ्नै घरको कम्पाउण्ड वालमा ठोक्कीएर दुर्घटना भएको परिवारले जनाएको छ । दुर्घटनामा घाइते भएका पौडेललाइ उपचारकालागि क्रिमसन अस्पताल लगीएपनि अस्पताल पुरयाउन अघि नै उनको मृत्यु भएको चिकित्सकलाइ उदृत गर्दै प्रहरीले जनाएको छ । पौडेल बिगत दुइ दशक देखि बुटवल बहुमुखी क्याम्पसमा अध्यापनरत थिए । अशोज १ गते देखि सहायक क्याम्पस प्रमुखको जिम्मेबारी पाएका थिए ।