सहिदभुमि गाँउपालिकामा एकसय ९८ घर फुसको छानो मुक्त

धनकुटा । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत धनकुटाको सहिदभुमि गाँउपालिकामा एकसय ९८ घरधुरीलाई फुसको छानो मुक्त भएका छन् । गाउँपालिकाको विपन्नसँग अध्यक्ष कार्यक्रमबाट १६ वटा र गाँउसभा सदस्य पूर्वाधार विकास कार्यक्रमबाट ८८ वटा र प्रदेश सरकारको सहयोगमा सञ्चालित नमुना गाँउपालिका निमार्ण कार्यक्रमबाट ९६ वटा फुसको घरमा कर्कटपाताको छानो छाएको गाउँपालिका अध्यक्ष मनोज राईले बताए ।
यो बर्ष सुरक्षित नागरिक आवास कार्यक्रमकाके लागि सहिदभुमि गाँउपालिकाले आगमी बर्ष ५० लाख खर्च गरेर ४५७ घरमा फुसको छाना मुक्त गराउने योजना रहेको अध्यक्ष राईले बताए । यो बर्ष गाँउपालिकाको वडा नं. १, २ र ७ मा फुसको छानो मुक्त कार्यक्रम सञ्चालन हुने बताईएको छ ।
राष्ट्रिय जनगणना २०६८ अनुसार यो गाँउपालिकामा दुइ हजार सात सय ९० घरमा फुसको छानो थियो । पछिल्लो बर्ष जनप्रतिनिधिले संकलन गरेको रेकर्डमा दुइहजार तीन सय २४ घरधुरीमा फुसको छाना भएको तथ्याङ्क रहेको छ । यी सबै घरमा अबको दुइ बर्षभित्र फुसको छानो हटाउने योजना रहेको अध्यक्ष राईले बताए ।

प्रतिकृया दिनुहोस्