प्रलोभन र डर देखाएर यौन शोषण गर्ने महेता पक्राउ

प्रलोभन र डर देखाएर यौन शोषण गर्ने महेता पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुनसरी । प्रलोभनमा पारेर यौन शोषण गरेको आरोपमा सुनसरी देवानगञ्जका एक पुरुषलाईं प्रहरीले पक्राउ गरेको छ ।

 तराईं विकास परिषद नेपाल नाम गरेको संस्थाका अध्यक्ष देवानगञ्ज– ६ का ३५ वर्षे महेन्द्रप्रसाद मेहतालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार सुनसरीमै कार्यरत एक सरकारी कर्मचारी महिलालाईं विभिन्न प्रलोभन र डर देखाइ पटकपटक यौन शोषण गरेको उजुरीका आधारमा मेहता पक्राउ परेका हुन् ।

मेहताले पीडित महिलाका श्रीमान विदेश गएको मौका पारेर अनेक योजना बनाएर कहिले लागुऔषधको काण्ड, कहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार गरेको आरोपमा नक्कली पत्र बनाएर डर देखाएर यौन शोषणा गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मेहताले यसअघि पनि आफ्नो संस्थामार्फत किशोरी तथा युवतीलाईं तालिममा सहभागी गराएर यौन शोषण गर्ने गरेको खुलेको छ ।