दिल्ली क्यापिटल्स आइपिएलको फाइनलमा

दिल्ली क्यापिटल्स आइपिएलको फाइनलमा
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी ।दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) इतिहासमा पहिलो पटक फाइनलमा पुगेको छ । आइतबार राती सम्पन्न दोस्रो क्वालिफायर खेलमा दिल्लीले सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै आइपिएल इतिहासमा पहिलो पटक फाइनलमा स्थान बनाउँदै इतिहास रचेको हो ।

दिल्लीले उपाधिको लागि फाइनलमा मंगलबार मुम्बई इन्डियन्ससँग खेल्ने छ । जितका लागि १ सय ९० रनको बलियो विजयी लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७२ रन बनाउन सक्यो । हैदराबादलाई अन्तिम १२ बलमा जितको लागि ३० रन आवश्यक परेको थियो । १९ औं ओभरमा रबाडाले ८ रन खर्चेर ३ विकेट लिदै जित सहज बनाएका थिए ।

हैदराबादलाई जितको लागि अन्तिम ओभरमा २२ रन चाहिएको थियो । एनरिच नोर्कियाले ४ रन खर्चिदै जित पक्का गरे .त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ८९ रन बनाएको थियो । ओपनर शिखर धवन ५० बलमा ६ चौका र २ छक्का सहित सर्वाधिक ७८ रनको योगदान दिए । शिम्रन हेटमायर २२ बलमा ४ चौका र १ छक्का सहित ४२ रनमा अविजित रहे । उपाधिको लागि दिल्लीले मंगलबार दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्ने छ । मुम्बईले पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।