सरकारी विद्यालयले उठाएको चर्को शुक्लको विरोध

सरकारी विद्यालयले उठाएको चर्को शुक्लको विरोध
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रौतहट । रौतहटको गौरमा रहेको जुद्ध माध्यमिक विद्यालयले विद्यार्थीबाट चर्को शुल्क उठाएकोमा स्थानीय अभिभावकले विरोध गरेका छन् ।

दश वर्ष पहिले विद्यालयले अंग्रेजी माध्यममा कक्षा संचालन गरेको र अंग्रेजी माध्यमका विद्यार्थीबाट विभिन्न बहानामा चर्को शुल्क उठाउन थालेपछि अभिभावकहरुले विरोध गरेका हुन् ।

लकडाउनको अवधिमा विद्यालय संचालन नभएको तर सो अवधिको पनि शुल्क उठाएको हो । विद्यालयले टाई, बेल्ट तथा अन्य शुल्क विद्यार्थीबाट उठाउने गरेकोले अभिभावकमा व्यापक असन्तुष्टि रहेको अनेरास्ववियुका केन्द्रीय सदस्य रवि मिश्रले बताएका छन् ।

सामुदायिक विद्यालय भए पनि अंग्रेजी माध्यमका विद्यार्थीबाट शुल्क उठाउने गरेकोले सबै रकम फिर्ता गर्नुपर्ने माग विद्यार्थी संगठनहरुले गरेका छन् । विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षकको दरबन्दी कम भएको कारण शुल्क उठाइएको विद्यालयको दाबी रहेको छ ।

दश वर्ष पहिले विद्यालयमा अंग्रेजी माध्यमको पठन पाठन हुनुपर्ने माग अभिभावकले गरी अति न्युन शुल्क निर्धारण गरेका थिए । तर स्थानीय सरकारको गठन भएपछि पहिलेका अनुभवी शिक्षकलाई हटाएर आफ्नो मान्छे भर्ना गरी विद्यार्थीमाथि चर्को शुल्क लादिएको अभिभावकको भनाइ छ । विद्यालयले चर्को शुल्क उठाउन थालेपछि अभिभावक तथा विद्यार्थी संगठनहरुले जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापनपत्र बुझाउँदै सम्पूर्ण शुल्क मिनाहा हुनुपर्ने र विद्यार्थीबाट उठाइएको शुल्क फिर्ता हुनुपर्ने माग गरेका छन् ।