रुपन्देहीमा दुइ जना संक्रमितको मृत्यु

रुपन्देहीमा दुइ जना संक्रमितको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बुटवल । रुपन्देहीमा सोमबार दुइ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवलका एक पुरुष र सैनामैनाकी एक महिला छन । बुटवल उपमहानगरपालिका– १७ का ४५ बर्षीय पुरुषको बुटवलको कोरोना विशेष अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुइ दिन अघि स्वास्थ्य समस्या देखिएपछि उपचारकालागि लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएका ती पुरुषमा पिसीआर टेष्ट गर्दा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी डा बिष्णु गौतमले जानकारी दिए ।

त्यस्तै सैनामैना नगरपालिकाकी ५६ बर्षीय एक महिलाको पनि भैरहवाको भिम अस्पतलामा उपचारकै क्रममा मृत्यु भएको छ । उनलाई कात्तिक १७ गते कोरोना पुष्टि भएको थियो । केही दिन होम आइसोलेसनमा बसेकी उनको स्वास्थ्य अवस्था गम्भिर भएपछि १९ गते भैरहवाको भिम अस्पतालमा लगिएको थियो ।