चितुवाको आक्रमणबाट मृत्यु

चितुवाको आक्रमणबाट मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बैतडी । नरभंक्षी चितुवाले आक्रमण गर्दा बैतडीको शिवनाथ गाउँपालिका–४ सोल्पलाकी १८ वर्षीया युवतीको मृत्यु भएको छ । सोमबार घाँस काट्न छिमेकी जिल्ला डडेल्धुराको भागेश्वर गाउँपालिका–१ पुगेकी माया महताको नरभंक्षी चितुवाले आक्रमण गर्दा मृत्यु भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । आइबार मात्रै डडेल्धुराको भागेश्वर गाउँपालिका–१ रुपालका कृष्ण साउँदका १२ वर्षीय छोरा दिलबहादुरको पनि चितुवाको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । साँझपख घरमै खेलीरहेका उनको चितुवाले आक्रमण गरेको हो ।

घटनास्थल शिवनाथ गाउँपालिकासँग जोडिएको डडेल्धुराको भागेश्वर गाउँपालिका–२ मा पर्ने जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । घटना स्थलपुग्न बैतडी र डडेल्धुराबाट सुरक्षाकर्मी परिचालन भएको प्रहरीले जानकारी दिएको छ । बैतडीको दक्षिणी क्षेत्रमा मात्रै २०६८ सालयता नरभंक्षी चितुवाको आक्रमणबाट २७ जनाले ज्यान गुमाएका छन् ।