मंसिर ६ गते नेपालगन्ज म्याराथन हुदैं

मंसिर ६ गते नेपालगन्ज म्याराथन हुदैं
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपालगंज । छैटौ नेपालगन्ज म्याराथन आयोजना गर्ने तयारी भएको छ । पश्चिम नेपालमा हुने गरेको प्रमुख म्याराथनको रुपमा रहेको नेपालगन्ज म्याराथन आगामी मंसिर ६ गते आयोजना गर्ने आयोजक क्रिएटिभ ह्यान्ड्सले बताएको छ ।

क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट्सको व्यवस्थापनमा हुने लागेको म्याराथनलाई धारा तोरीको तेलले मुख्य प्रायोजन गरेको छ ।

सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा मंसीर ५ गते भएको बिस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगञ्ज म्याराथन आयोजना हुदै आएको छ ।

नेपाल एथ्लेटिक्स संघबाट मान्यताप्राप्त नेपालगन्ज म्याराथन आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट स्वीकृति पाइसकेको आयोजकले बतायो । त्यस्तै नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नेपालगन्ज म्याराथनलाई ओलम्पिक छनोटका रुपमा समेत लिएको छ ।

म्याराथनमा आशीर्वाद पेन्ट्स र राष्ट्रिय वाणिज्य बैंकले सह प्रायोजकको रुपमा सहयोग गर्नेछन । खेल पोशाक उत्पादन कम्पनी सहास स्पोर्टस्सँग पनि म्याराथनका लागि सहकार्य भएको छ । राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी र नेपालगन्ज उप–महानगरपालिले म्याराथनलाई सहयोग गर्ने आयोजक कमिटीका अध्यक्ष एवम म्याराथनका लिडर टिएस ठकुरीले बताए ।