कपिलवस्तुमा शल्यक्रिया मार्फत तिम्लिया बच्चा जन्मियो

कपिलवस्तुमा शल्यक्रिया मार्फत तिम्लिया बच्चा जन्मियो
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कपिलवस्तु । कपिलस्तु अस्पतालमा शल्यक्रियाबाट पहिलो पटक तिम्लिया बच्चा जन्माइएको छ । कपिलवस्तु नगरपालिका– २ लम्तीयाकी २५ बर्षिया सामिना खातुनबाट शल्यक्रिया मार्फत २ छोरी र एक छोरा जन्माइएको हो । आईतबार दिउसो एक घन्टाको शल्यक्रिया मार्फत सामिनाले बच्चा जन्माएकी थिईन । अस्पतालकी डाक्टर पुनम लामाको अगुवाईमा आधा दर्जन स्वास्थ्यकर्मीको टोली शल्यक्रियामा सहभागी थिए । टोलीमा डाक्टर संतोष झा, रमेश महतो, रबिना क्षेत्री लगायत थिए । आफनो जीवनकालमा पहिलो पटक शल्यक्रिया मार्फत तिम्लिया बच्चा जन्माउने काम काममा जुटेको डाक्टर लामाले बताईन । सामिनाले दोश्रो बेतको रुपका एकै पटक ३ बच्चा जम्माएकी  हुन । उनको ३  बर्षको छोरी पनि छ । सामिना गर्भवति भएको २  महिना देखि नै अस्पतालमा निग्रानीमा थिईन ।