नेपाल आदिवासी जनजाति महासंघ अमेरीका ( फिप्ना)ले नेपालमा २६ लाख रूपैया बराबरको खाद्यान्न राहत वितरण

नेपाल आदिवासी जनजाति महासंघ अमेरीका ( फिप्ना)ले  नेपालमा २६ लाख रूपैया बराबरको खाद्यान्न राहत वितरण
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ अमेरीका ( फिप्ना)ले गत जुलाई देखी २९अगष्ट २०२० सम्म नेपालको विभिन्न ठाउँमा २६  लाख बराबरको खाद्यान्न राहत वितरण गरेको छ ।कोरोना महामारीका कारण वेरोजगार बनेका मजदुरहरू, सिमान्तकृत , दलित तथा गरिब वर्गहरूमा थोरै भए पनि राहत पुगोस भन्ने हेतुले वितरण गरिएको हो ।

अमेरीकामा बसोबास गर्ने २३८ जना नेपाली समुदायका मनकारी महानुभावहरूले फिप्नाको आर्थिक संकलनको अभियानलाई साथ दिएका फिप्नाले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । भर्चुवल रूपमा पत्रकार सम्मेलन गरी सहयोगी मनकारी महानुभावहरू, संघ संस्थाहरू, स्वयंसेवकहरू साथै आयोजक व्यवस्थापक संस्थाहरूलाई फिप्नाले विज्ञप्ति मार्फत धन्यबाद व्यक्त गरेको छ ।

फिप्नाले उपत्यकामा लगातार सात दिनसम्म खाना वितरण गरेको थियो । सोलु वाल कल्याण, साँखुमा रहेको अपांग परिवार,  सिद्विसेवा वृद्धाश्रमलाई खाद्यान्न वितरण गरिएको थियो । दैलेखको राउटे ५३ परिवार , सिरहाको मुसहर ६० परिवार , धनकुटाको मजदुरहरू ६० परिवार ,  मकवानपुरको चेपाङ ६० परिवार , सुनसरीको कोशिटप्पुमा रहेको ४० परिवार गरिब तथा मजदुरहरू , धरानको ४० परिवार सुकुम्बासी तथा मजदुरहरू , मकवानपुरकै राक्सिराङ -५ का १५१ परिवार , साथै दाङको तुलसीपुर लमही क्षेत्रका ६० परिवारलाई राहत वितरण गरिएको फिप्नाका अध्यक्ष लोक चेम्जोङले बताए ।

रोजगारी गुमाएका मजदुरहरू , अनाथ , असाहाय, बृद्व बृद्वाहरू, साथै सुकुम्बासी बस्ती, सिमान्तकृत समुदाय तथा सिल्पी/ दलित समुदायहरूमा देशभर फिप्नाको अभियानलाई सम्पन्न गर्न बिभिन्न संघसंस्थासँग सहकार्य गरिएको अध्यक्ष चेम्जोङले बताए ।

फिप्नाले गत मार्च देखी जुलाई महिना सम्म अमेरीकामा समेत कोरोना महामारीबाट बच्च पिपिई सामाग्री २६ वटा संघ संस्थाहरूलाई वितरण गरेको थियो । फिप्नाको कार्यलयबाट प्रत्यक्षरूपमा एघार हजार माक्स , सत्र हजार ग्लव्स, छब्बीसहजार टाईनल साथै अन्य सामानहरू वितरण गरेर पन्ध्रसय भन्दा धेरै परिवारलाई सेवा प्रदान गरेको थियो ।