स्कुटी दुर्घटनामा १९ वर्षीया युवतीको निधन

स्कुटी दुर्घटनामा १९ वर्षीया युवतीको निधन
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उदयपुर । स्कुटी दुर्घटनामा परेकी उदयपुकी एक युवतीको उपचारको क्रममा निधन भएको छ । सोमबार विहान त्रियुगा नगरपालिका–१० बाँसबारीस्थित मदन भण्डारी लोकमार्गको घुम्तीमा दुर्घटनामा परेर घाईते भएकी त्रियुगा नगरपालिका ९ राजाबासकी १९ वर्षीया युनिका बुढाथोकीको निधन भएको हो ।

                गाईघाटस्थित एक विद्यालयमा कक्षा ११ की विद्यार्थी युनिका ३९ प ९०७० नं. को स्कुटीको पछाडि बसेर परीक्षा दिन आउँदै गर्दा घुम्तीमा दुर्घटनामा परेकी थिईन् । दुर्घटनामा टाउको फुटेर गम्भीर घाईते भएकी उनको जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि न्युरो अस्पताल विराटनगर लगिएकी थिईन् । त्यहाँ उनको उपचारकै क्रममा दिउँसो निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीका अनुसार उनकै भाई १३ वर्षीय युनिक बुढाथोकीले हाँकेको स्कुटी कुकुरलाई जोगाउन खोज्दा अनियन्त्रित भई दुर्घटना भएको थियो ।        प्रहरीका अनुसार घाईते युनिकको उपचार न्युरोमै भईरहेको छ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको पारिवारिक स्रोतले जनाएको छ ।