रुपन्देहीमा उपचारकै क्रममा दुइ जना संक्रमितको मृत्यु

रुपन्देहीमा उपचारकै क्रममा दुइ जना संक्रमितको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बुटवल । रुपन्देहीमा आज उपचारकै क्रममा दुइ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना कपिलबस्तुका पुरुष र रुपन्देहीकी एक स्वास्थ्यकर्मी महिला छन ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको मधुवनी स्वास्थ्य चौकीमा अनमी पदमा कार्यरत ४८ बर्षीय महिलाको गएराती मृत्यु भएको हो । उनलाइ गत १८ गते  पिसीआर टेष्ट गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाइ भैरहवा भिम अस्पतालको आइसीयुमा उपचार भैरहेको थियो । उपचारकै क्रममा गएराती उनको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहले बताए । ती महिलालाइ दिर्घरोग नभएपनि निमुनीयाको समस्या पटक पटक दोहोरीने गरेको शाहले बताए  । रुपन्देहीमा यसअघि पनि एक जना स्वास्थ्यकर्मीको मृत्यु भएको थियो ।

गएराती लुम्बिनी प्रादेसिक अस्पताल बुटवलको फिबर क्लिनीकमा कपिलबस्तुका एक जना संक्रमित पुरुषको मृत्यु भएको छ । कपिलबस्तु नगरपालिका  ६  का ७९ बर्षे पुरुषको गएराती मृत्यु भएको अस्पतलाका सुचना अधिकारी डा बिष्णु गौतमले बताए । स्वास्थ्यमा  समस्या देखिएपछि उनलाइ सोमबार बिहान अस्पताल ल्याइएको थियो । पिसीआर टेष्ट गर्दा संक्रमण देखिएपछि फिबर क्लिनीको आइसोलेसन वाडमा राखेर उपचार गरीएपनि राती मृत्यु भएको डा गौतमले बताए । स्वासप्रस्वासमा समस्या देखिएका ती पुरुषलाइ तत्काल आइसीयुमा राख्नु पर्ने भएपनि कोरोना अस्पतलाको आइसीयु बेड खाली नभएपछि फिबर क्लिनीकमै राखेर उपचार गरीएको थियो ।