प्रदेश १ मा ५१६ डिस्चार्ज, ३१५ संक्रमित थपिए

मोरङ । प्रदेश १ को विभिन्न आइसोलेसनमा रहेका कोरोना संक्रमित५ सय १६ जना मंगलबार डिस्चार्ज भएका छन् । होमआइसोलेसनबाट ५ सय १०, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४ र मेची अस्पतालबाट २ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ३ सय १५ पुगेको छ ।
प्रदेश १ मा ३ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय, झापामा ८३, सुनसरीमा ७९, उदयपुरमा १४, धनकुटामा १३, भोजपुरमा ३, ओखलढुंगा, संखुवासभा, तेह्रथुम र खोटाङमा २–२, इलाम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ६३, उर्लाबारीमा १२, बेलबारी र मिक्लाजुङमा ५–५, लेटाङमा ४, सुन्दरहरैँचामा ३, पथरीशनिश्चरे, कटहरी र कानेपोखरीमा २–२, ग्रामथान र बुढीगंगामा १–१ जनामा संक्रमण देखिएको छ । झापाको दमकमा २७,विर्तामोडमा १४, भद्रपुरमा १०, कमल गाउँपालिकामा ६,शिवसताक्षीमा ५, गौरीगञ्जमा ४, गौरादह र अर्जुनधारामा ३–३, कनकाई, हल्दिबारी र मेचीनगरमा २–२, बुद्धशान्ति र बाह्रदशीमा १–१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
सुनसरीको इटहरीमा ३३, धरानमा ३१, इनरुवामा ६, रामधुनीमा ३, बराहक्षेत्रमा २, देवानगञ्ज र हरिनगर १–१ र स्थानीय तह नखुलेका २, उदयपुरको त्रियुगामा ११, स्थानीय तह नखुलेका ३, धनकुटाको धनकुटा नगरपालिकामा ९ र महालक्ष्मीमा ४, भोजपुरको हतुवागढी, रामप्रसाद राई गाउँपालिका र स्थानीय तह नखुलेका १–१, ओखलढुंगाको मानेभन्ज्याङ र मोलुङमा १–१, संखुवासभाको मकालु र खाँदबारीमा १–१, तेह्रथुमको म्याङ्लुङमा २, खोटाङको हलेसी तुवाचुङ र खोटेहाङमा १–१, इलामको माईनगरपालिका, पाँचथरको फिदिममा १–१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २२ हजार ५ सय १३ पुगेको छ ।
प्रदेशमा मंगलबार १ हजार १ सय ७९ जनाको पिसिआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १ सय २४ महिला र १ सय ९१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७३ हजार ६ सय ७४ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्