डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई आइपिएलको उपाधी

डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई आइपिएलको उपाधी
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । मुम्बाई इन्डियन्सले इन्डियन प्रिमयर लिग आइपिएलको उपाधी रक्षा गरेको छ । डिफेन्डिङ च्यम्पियन मुम्बाई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई  ५ विकेटले हराउदै पाँचौ पटक उपाधी जितेको हो । दिल्ली क्यापिटल्सले दिएको १५७ रनको लक्ष्य ८ बल बाँकी हुँदै मुम्बाई इन्डियन्सले भेटाएको थियो । मुम्बाई इन्डियन्सको जितमा क्याप्टेन रोहित शर्माले ६८ रनको योगदान गरे ।  मुम्बाई इन्डियन्सका ईसान किसानले ३३ रन, डिक ककले २० रन सुर्यकुमार  यादव ले १९ रन बनाए ।

                टस जितेर ब्याटिङ गरेको दिल्ली क्यापिटल्सले खराब सुरुवात गरेपनि रिसब पन्तले ६५ रन र श्रेयर्सले ५६ रन बनाएपछि सम्मानजनक स्कोर बनाएको थियो । मुम्बाई इन्डियन्सका ट्रेन्ट बोल्टले ३ विकेट लिए ।  जयन्त यादवले १ र काेट्लर विकेट लिए ।

मुम्बाई इन्डियन्सले सन २०१२, २०१५, २०१७ र २०१९ को उपाधी जितेको थियो ।