अन्नपूर्ण सर्किट घुम्नैपर्ने विश्वको १० गन्तव्य सुचिमा

अन्नपूर्ण सर्किट घुम्नैपर्ने  विश्वको १० गन्तव्य सुचिमा
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्य सूचीमा राखेको छ । विश्व चर्चित गन्तव्य अन्नपूर्ण सर्किटलाई यो वर्ष लोन्ली प्लानेटले गन्तव्य सूचीमा पारेको हो । लोन्ली प्लानेट संसारकै विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट अमेरिकी कम्पनी हो ।

अन्नपूर्ण घुम्नैपर्ने गन्तव्य भएको उल्लेख गर्दै साइटले स्वर्ण मन्दिर, आकर्षक गाउँ, जङ्गल र वन्यजन्तुलाई नजिकबाट नियाल्न सकिने विशेषता उल्लेख गरेको छ । अन्नपूर्णको साहसिक र रोमाञ्चक यात्रा उत्प्रेरक हुने भन्दै पदयात्रापछि थाकेको शरीरलाई स्वादिष्ट परिकार र चियाले भरपुर आनन्द दिलाउन सकिने संस्थाले साइटमा लेखेको छ ।अन्नपूर्ण सर्किटमा रहेका अन्नपूर्ण क्षेत्र, तिलिचो ताल, कालीगण्डकी तथा थोरङ्ला पाससम्मको यात्रा वर्णन गर्दै लोन्ली प्लानेटले विश्वभरका पर्यटकका घुमफिरको योजनामा राख्न पनि अन्नपूर्णलाई सुझाएको छ । अन्नपूर्ण क्षेत्र दृश्यावलोकन, उच्च हिमाली भञ्ज्याङ, आरामदायी लज र स्याउका परिकारका लागि चर्चित मानिन्छ ।

पर्यटकीय नगरी पोखराबाट उत्तरी क्षेत्रमा पर्ने यो क्षेत्रमा सात हजार मिटरभन्दा अग्ला १४ हिमाल पर्छन् । जसमा संसारकै दशौँ अग्लो आठ हजार ९१ मिटरको अन्नपूर्ण प्रथम हिमाल हो । दश दिन लामो पदयात्रामा अन्नपूर्ण दक्षिण र अन्य दर्जनौँ साना मार्ग समेटिएका छन् जुन हिमाली गाउँमा गएर जोडिन्छन् ।

अन्नपूर्ण सर्किटमा रहेका अन्नपूर्ण क्षेत्र, तिलिचो ताल, कालीगण्डकी तथा थोरङ्ला पाससम्मको यात्रा वर्णन गर्दै लोन्ली प्लानेटले विश्वभरका पर्यटकका घुमफिरको योजनामा राख्न पनि अन्नपूर्णलाई सुझाएको छ । अन्नपूर्ण क्षेत्र दृश्यावलोकन, उच्च हिमाली भञ्ज्याङ, आरामदायी लज र स्याउका परिकारका लागि चर्चित मानिन्छ ।

पर्यटकीय नगरी पोखराबाट उत्तरी क्षेत्रमा पर्ने यो क्षेत्रमा सात हजार मिटरभन्दा अग्ला १४ हिमाल पर्छन् । जसमा संसारकै दशौँ अग्लो आठ हजार ९१ मिटरको अन्नपूर्ण प्रथम हिमाल हो । दश दिन लामो पदयात्रामा अन्नपूर्ण दक्षिण र अन्य दर्जनौँ साना मार्ग समेटिएका छन् जुन हिमाली गाउँमा गएर जोडिन्छन् ।

घुम्नैपर्ने १० गन्तव्यको सूचीको पहिलो नम्बरमा जोर्डनको पेट्रासिटीलाई राखिएको छ ।  त्यस्तै उत्कृष्ट गन्तब्यमा गालापागोस टापु इक्वेडर, उलुरु काटा टीजुटा नेशनल पार्क अष्ट्रेलिया, ओकाभाङ्गो डेल्टा, एङ्गोला बोल्स्वाना, येल्लोस्टोन नेशनल पार्क अमेरिका, एस्टोनाइसिङ लेक ब्लेड स्लोभानिया, टेम्पल अफ एङ्गकोर कम्बोडिया र सालार डे उयुनी बोलिभिया रहेका छन् ।