कर्णाली प्रदेश सरकारले किसानलाई एक करोडसम्म सहुलियत ऋण दिने

कर्णाली प्रदेश सरकारले किसानलाई एक करोडसम्म सहुलियत ऋण दिने
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुर्खेत । कर्णाली प्रदेशका किसानले २ प्रतिशत ब्याजमा १ लाखदेखि १ करोडसम्म ऋण पाउने भएका छन् । किसानलाई व्यावसायिक बनाउन र प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकारले सहुलियत ऋण कार्यक्रम ल्याएको हो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार व्यावसायिक रूपमा कृषि गर्ने तथा पशुपक्षी पाल्न चाहने किसानलाई सहुलियत ऋण उपलयत

ब्ध गराइनेछ । यो कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकार र कृषि विकास बैंकबीच सम्झौता भएको छ । मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्र र कृषि विकास बैंकको प्रदेश कार्यालयका उपमहाप्रबन्धक प्रताप सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । ‘प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन हामीले यो कार्यक्रम ल्याएका हौं’, मन्त्री विमला केसीले भनिन् ।

उनले भनिन्, ‘अब किसानले सहुलियतमा उद्यम गर्न ऋण पाउनेछन् । कृषि बैंकको ब्याजदर हाल ९ प्रतिशत छ, जसमा प्रदेश सरकारले ७ प्रतिशत ब्याज तिरिदिनेछ ।’ किसानले २ प्रतिशत मात्र ब्याज तिर्नुपर्ने मन्त्री केसीको भनाइ छ । यहाँका किसानले कर्णालीका १० वटै जिल्लामा रहेका बैंकका १८ शाखाबाट किसानले ऋण लिन सक्नेछन् । किसानले ऋण लिँदा धितो भने अनिवार्य राख्नुपर्नेछ ।