दाङमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु

दाङमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

देउखुरी । दाङको मौरीघाटमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएकोछ । गएराति राप्ती गाउँपालिका वडा नं. ४ मौरीघाटमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गएराति ना ६ ख ३३४४ नम्बरको ट्रकले रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा राप्ती गाउँपालिका–५ का १६ वर्षीय मनोज गाहा, राप्ती गाउँपालिका–२ का १८ वर्षीय कसम पुन र राप्ती गाउँपालिका–८ पिपरीका १८ वर्षीय दिनेश घर्तीको मृत्यु भएको इप्रका भालुबाङले जनाएको छ ।

तीन जना सवार मोटरसाइकललाई विवपरित दिशाबाट आएको ट्रकले ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो ।