June 21, 2021, Monday
२०७८ असार ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

बिहारमा नितिसकुमारको नेतृत्वको एनडिएलाई बहुमत

बिहारमा नितिसकुमारको नेतृत्वको एनडिएलाई बहुमत
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । भारतको बिहार विधानसभा निर्वाचनमा नितिशकुमार नेतृत्वको एनडीएले गठबन्धनले पूर्ण बहुमत पाएको छ। विधान सभाका २ सय ४३ सिट मध्ये मुख्यमन्त्री नितिशकुमार नेतृत्वको एनडीएले १ सय २५ सिट प्राप्त गरेको छ। बिहारमा सरकार बनाउन १ सय २२ सिट आवश्यक पर्छ।

त्यस्तै तेजस्वी यादव नेतृत्वको महागठबन्धनले भने १ सय १० सिट प्राप्त गरेको छ। पार्टीगत रुपमा जनता दल युनाइटेड (जेडीयु) ४३ स्थानमा विजयी भएको छ। महागठबन्धनको नेतृत्व गर्ने राष्ट्रिय जनता दल (आरजेडी) ७५ सिटका साथ विधान सभामा सबैभन्दा ठूलो पार्टी बनेको छ।

भारतीय जनता पार्टी (भाजपा) ७४ सिटका साथ दोस्रो स्थानमा आउन सफल भएको छ। यसअघि सन् २०१५ मा भएको निर्वाचनमा आरजेडीले ८० र भाजपाले ५३ सिटमा चुनाव जितेका थिए ।

यसअघिको चुनावको तुलनामा यस पटकको चुनावमा सिट संख्यामा निकै उचार चढाव आएको छ । जसअनुसार यो चुनाव भाजपाले सिट बढाएको छ भने २०१५ मा २७ सिटमा चुनाव जितेको कांग्रेस यो चुनावमा जम्मा १९ सिटमा खुम्चिन बाध्य भएको छ।

एनडीएमा जेडीयु र भाजपाका अतिरिक्त हिन्दुस्तानी अवाम मोर्चा (हम) र विकासशील इन्सान पार्टी सहभागी छन् । त्यस्तै महागठबन्धनमा आरजेडी, कांग्रेस र तीन वामपन्थी पार्टी सहभागी छन्।

सरकार बनाउन स्पष्ट बहुमत हाँसिल गरेको एनडीएले मुख्यमन्त्रीमा नितिशकुमारलाई अघि सारेको थियो। तीन चरणमा भएको चुनावको मतगणना मंगलबार बिहान सुरु भएको बिबिसीले जनाएको छ ।