फिदिममा कोरोना संक्रमण बढ्दै

पाँचथर । पछिल्लो पल्ट पाँचथर सदरमुकाम फिदिममा कोरोना फैलिएको पाईएको छ । भएको परिक्षणबाट प्राप्त रिर्पोट अनुसार फिदिमका अधिकतर क्षेत्रका कोरोना भाईरस फैलिएको पाईएको हो । व्यवसायी, कर्मचारी, स्वास्थ्यकर्मी, कैदी बन्दी तथा अन्य सर्वसाधारणमा कोरोना देखिएको छ ।
पछिल्लो दिनमा ८५ जना परिक्षण गर्दा १७ जना संक्रमित देखिएका छन् । मंगलबार राती प्राप्त रिर्पोट अनुसार ५ जना कैदी, केहि कर्मचारी, स्वास्थ्यकर्मी, व्यवसायी तथा स्वास्थ्यकर्मीमा कोरोना भाईरस पोजेटिभ भएको पाइएको हो । केहि दिन अघि एकैपल्ट १४ जनामा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरुको कन्ट्याक ट्रेसिङ गरेर परिक्षण गर्दा १७ जना थपिएका हुन् ।
परिक्षणको दायरा एकदम सानो छ । परिक्षणदर बढाउने हो भने संक्रमितको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । कैदी बन्दी बाहेकका संक्रमितहरु होम आईसुलेसनमा रहेका स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारदमनि सुवेदीले जानकारी दिए । १४ जनामा कोरोना देखिएपछि कोभिड १९ जोखिम व्यवस्थापन समिति तथा फिदिम नगरपालीकाले फिदिम बजार क्षेत्रलाई लकडाउन घोषणा गरेको छ । पशल, गाडी सञ्चालनमा रोक लगाएको छ भने अत्यावश्क सेवाका काम बाहेक हिडडुल नगर्न आग्रह गरेको छ ।
कोरोना फैलिन नदिन फिदिममा बन्द गराइएको प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा (गुरागाई)ले जानकारी दिए । ‘सचेत रहन पटक पटक अनुरोध भयो । जोगिनलाई गर्ने न्यूनतम काम बजार क्षेत्र हुनै सकेन । अटेर गर्दा यो परिणाम आयो’ प्रजिअ शर्माले भने ‘कडाईका साथ लकडाउन कार्यान्वय गराउछौँ ।’

प्रतिकृया दिनुहोस्