June 21, 2021, Monday
२०७८ असार ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

तीन दिनको अन्तरमा कोरोनाले श्रीमान–श्रीमतिको निधन

तीन दिनको अन्तरमा कोरोनाले श्रीमान–श्रीमतिको निधन
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धरान . धरानमा कोरोना संक्रमणको कारण तीन दिनको अन्तरालमा श्रीमान र श्रीमतिको निधन भएको छ ।

धरान १४ स्थित विजयपुरमा तीन दिनको अन्तरमा ६७ बर्षीयाश्रीमति र ७४ बर्षीय श्रीमानको निधन भएको हो । तीन दिनअघि ६७ बर्षीया वृद्धाको अस्पतालबाट घर ल्याएको भोलीपल्ट निधन भएको थियो । आज बिहान उनका ७४ बर्षीय श्रीमान्को पनि उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार होम आइसोलेसनमा रहेका वृद्धलाई गाह्रो भएपछि बिहान करिब साढे ९ बजेतिर अस्पताल लगिएको थियो । ‘साढे १० बजेतिर मृत्यु भएको जानकारी आएको छ,’मेहताले भने ।

मृतकको कार्तिक २१ गते स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको थियो । उनको पिसिआर रिपोर्ट २३ गते पोजेटिभ आएको थियो । मृतकको शव नियम अनुसार अन्त्येष्टीको तयारी भइरहेको पनि उपमहानगरपालिकाले जनाएको छ ।