उदयपुरका सबै स्थानीय कमिटीमा नेकपाको एकिकरण सकियो

उदयपुरका सबै स्थानीय कमिटीमा नेकपाको एकिकरण सकियो
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उदयपुर . सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच केन्द्रमा तिक्ततापूर्ण रस्साकस्सी चलिरहेकै बेला उदयपुरमा भने सबै स्थानीयतहगत पार्टीले पूर्णता पाएको छ । २ वर्ष ७ महिनाअघि तत्कालीन एमाले र माओबादीबीच एकीकरण भए पनि केन्द्रमा बिबादकै कारण तल्ला कमिटीहरुको गठन प्रक्रियाले पूर्णता पाउन सकिरहेका थिएनन् ।

      यसैबीच ४ नगरपालिकासहित ८ वटा स्थानीयतह सबै कमिटले पूर्णता पाएको र त्यसलाई मंगलबार बसेको जिल्ला कमिटी बैठकले अनुमोदन गरेको पार्टी अध्यक्ष विनोद कटुवाल (दिवस)ले बताए । उनका अनुसार बैठकले पूर्व एमालेका ३४ र पूर्व माओबादीका २७ सदस्य समेटेर ६१ सदस्यीय जिल्ला सचिवालय र ७ सदस्यीय कार्यालय समूहसमेत गठन गरेको छ । कार्यालय समूहमा पूर्व एमालेबाट ४ र माओबादीबाट ३ जना रहेका छन् ।

      कार्यालय समूहमा तत्कालीन एमालेका अध्यक्ष इश्वरमणि राउत, उपाध्यक्षद्वय बिमल कार्की र ज्ञानेन्द्र श्रेष्ठ तथा सचिव परमेश्वर घिमिरे छन् भने तत्कालीन माओबादी अध्यक्ष दिवस तथा सदस्यद्वय जीवन कार्की (कुशल) र सन्तोष सुबेदी (बलिदान) चयन भएका छन् ।

      जिल्ला बैठकले पूर्व एमालेबाट ३४ र पूर्व माओबादीबाट २७ जनालाई समेटेर सचिवालय तथा ७ सदस्यीय कार्यालय समूहसमेत गठन गरेको छ ।    पार्टी कमिटी नगरपालिकामा ८१ सदस्यीय र गाउँपालिकामा ७५ सदस्यीय बनाइएको जिल्ला कमिटी सचिव इश्वरमणि राउनले बताए । जसमा पूर्व एमाले र पूर्व माओबादीबीच ५५–४५ प्रतिशत हाराहारीको भागबण्डा छ । कतिपय ठाउँमा भने अवस्था हेरेर तलमाथि भएको राउतले बताए । प्रकाश बस्नेत अध्यक्ष रहेको ८१ सदस्यीय त्रियुगा नगर कमिटीमा ५५–४५ कायम गर्दै एमालेबाट ४३ र माओबादीबाट ३८ सदस्य छानिएको छ ।

      जिल्ला सचिव इश्वरमणि राउतले नेकपाले नगरमा ८१ र गाउँमा ७५ सदस्यीय कमिटी बनाएको बताए । उनका अनुसार सदस्य संख्याको हिसावले पूर्व एमाले र माओबादीबाट ५५÷४५ हाराहारी भागबण्डा मिलाइएको छ । तहगतरुपमा दुई पार्टीले २ नगर र २ गाउँपालिकाका दरले नेतृत्व लिदै अध्यक्ष एउटाको हुँदा सचिव अर्को पार्टीले लले लिनेगरी समायोजन मिलाइएको राउतले बताए । त्रियुगा र चौदण्डीगढी नगर तथा लिमचुङबुङ र उदयपुरगढी गाउँ कमिटीमा अध्यक्ष एमाले र सचिव माओबादी छानिएका छन् भने कटारी र बेलका नगर तथा ताप्ली र रौतामाई गाउँ कमिटीमा अध्यक्ष माओबादी र सचिव एमालेको भागमा परेको छ ।