वीरेन्द्रनगरबाट आठजना जुवाडे पक्राउ

वीरेन्द्रनगरबाट आठजना जुवाडे पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

वीरेन्द्रनगर . कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–३, स्थित ऐरिचोक नजिकै एक होटलमा जुवातास लेखिरहेका सातजना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझ एक लाख तीन हजार पाँच सय ३५ रूपैयाँसहित उनीहरूलाई शक्तिराम रोकायले सञ्चालन गरेको तीनलोने होटेलबाट प्रहरीले पक्राउ गरेको हो ।

वीरेन्द्रनगर नगरपालिका–३, बस्ने ४२ वर्षीय चक्र शाही, ४० वर्षीय जीवन शाही, ३० वर्षीय तपेन्द्र शाही, नवीन शाही, ३३ वर्षीय बन्जिर शाही, ४३ वर्षीय गणेश शाही, ४६ वर्षीय कठकबहादुर शाही र ३९ वर्षीय निमबहादुर शाहीलाई नगद रूपैयाँसहित पक्राउ गरेका जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।