गलत पिसिआर रिपोर्ट दिने कर्मचारी पक्राउ

बाँके । कोरोना भाइरस(कोभिड–१९)को पिसिआरको गलत रिपोर्ट दिनमा संलग्न रहेको आरोपमा भेरी अस्पताल नेपालगन्जका ३ जना कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले बुधबार अस्पतालको आइसोलेसन वार्डका हेल्फर विवेक अधिकारी तथा सेकुरिटी गार्ड बासुदेव जोशी र बद्री खनाललाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङले जानकारी दिए ।
‘पोजेटिभलाई नेगेटिभ र नेगेटिभलाई पोजेटिभ बनाएर पिसिआर रिपोर्ट दिएको यिनीहरु माथी आरोप छ । पक्राउ परेका ब्यक्तिलाई सरकारी किर्ते र अख्तियार दुरुपयोग गरेको अभियोगमा कानुनी कारबाही हुने उनले बताए । पक्राउ परेका विरुद्ध आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओम रानाले बताएका छन् ।

प्रतिकृया दिनुहोस्