बुटवलको कोरोना अस्पतालमा थप दुइको मृत्यु

बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा थप दुइ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना रुपन्देहीको देवदहका र अर्का एक जना गुल्मीका हुन ।
देवदह नगरपालिका ७ का ४७ बर्षीय पुरुषको आज बिहान उपचारकै क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा बिष्णु गौतमले बताए । कात्तिक २० गते कोरोना पुष्टि भएपछि २१ गते उनलाइ कोरोना अस्पताल ल्याइएको थियो । मृत्तक एचआइभि पोजेटिभ रहेको डा गौतमले बताए ।
बिहिबारै उपचारका क्रममा गुल्मीको रेसुङ्गा नगरपालिका १ का ६८ बर्षीय पुरुषको पनि मृत्यु भएको छ । गत १६ गते कोरोना संक्रमण पुष्टि भएका उनलाइ गम्भिर स्वास्थ्य समस्या देखिएपछि २० गते बुटवलको कोरोना विशेष अस्पताल ल्याइएको थियो । उनलाइ मधुमेहको समस्या पनि रहेको डा गौतमले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्