प्रदेश १ मा ६६२ जना डिस्चार्ज, १८९ जना संक्रमित थपिए

प्रदेश १ मा ६६२ जना डिस्चार्ज, १८९ जना संक्रमित थपिए
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ । प्रदेश १ मा पछिल्लो दिन संक्रमति हुनेभन्दा संक्रमित डिस्चार्ज हुनेको संख्या बढ्दै गएको छ । बिहीबार प्रदेशका विभिन्न आइसोलेसनबाट ६ सय ६२ जना डिस्चार्ज भए भने १ सय ८९ जना  संक्रमित थपिएका छन् ।

प्रदेशको विभिन्न ठाउँको होम आइसोलेसनबाट ५ सय ७८, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २९, विराट मेडिकल कलेजबाट १३, कोभिड १९ आइसोलेसन केन्द्र रंगेलीबाट ११, कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८,  विराट सामुदायिक भवनबाट ७, मारवाडी सेवा सदन आइसोलेसन र काली सदन आइसोलेसन विराटनगरबाट ४–४, पथरी नगर अस्पताल र बैजनाथपुर आइसोलेसनबाट २–२, कोभिड १९ आइसोलेसन अस्पताल गोठगाउँ, न्यूरो अस्पताल, नोबेल अस्पताल र बि.जेनरल अस्पताल हरिनगरबाट १–१ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ४ सय १८ पुगेको छ ।

प्रदेशमा बिहीबार १ सय ८९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७०, झापामा ६०, सुनसरीमा ४१, ताप्लेजुङ, खोटाङ र उदयपुरमा २–२, इलाम, तेह्रथुम र भोजपुर १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ३७, उर्लाबारीमा ११, मिक्लाजुङमा १०, पथरीशनिश्चरे र बेलबारीमा ३–३, सुनबर्षीमा २, धनपालथान, सुन्दरहरैँचा, रंगेली र लेटाङमा १–१, झापाको दमकमा २०, विर्तामोडमा १३, गौरादहमा ११, कनकाईमा ५, भद्रपुरमा ३, हल्दिबारी, कमल र झापा गाउँपालिकामा २–२, अर्जुनधारा र मेचीनगरमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा २६, इटहरीमा ६, बराहक्षेत्र र कोसी गाउँपालिकामा ३–३, इनरुवामा २ र रामधुनीमा १, ताप्लेजुङको मैवाखोला र फुङ्लिङमा १–१, खोटाङको हलेसी तुवाचुङमा २, उदयपुरमा २, इलामको माइजोगमाईमा १, तेह्रथुममा १, भोजपुरमा १ र प्रदेश १ बाहिरका ९ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या २३ हजार ७० पुगेको छ ।