तिहारमा देउसीभैली कार्यक्रम नगर्न र नगराउन स्थानीय प्रशासनको आग्रह

तिहारमा देउसीभैली कार्यक्रम नगर्न र नगराउन स्थानीय प्रशासनको आग्रह
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

खोटाङ । कोरोना भाइरसको बढ्दो संक्रमण दरलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले तिहारमा देउसीभैली कार्यक्रम नगर्न÷नगराउन आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमणको जोखिम एबं नजिकिँदै गरेको दीपावली तथा छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र तथा जिल्ला सुरक्षा समितिको बैठकले जिल्लामा तिहारमा खेलिने देउसीभैली कार्यक्रम नगर्न÷नगराउन आग्रह गरेको हो । देउसीभैली कार्यक्रमका क्रममा हुने भिडभाडका कारण एकजनाबाट अर्कोजनामा कोरोना संक्रमण फैलिने खतरा देखिएको भन्दै प्रशासनले देउसीभैली कार्यक्रम गर्न रोक लगाएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बुधबार सार्वजनिक सूचना जारी गर्दै दीपावली तथा छठलाई बसिरहेकै ठाउँमा अनावश्यक भिडभाड, जमघट र यात्रा नगरी आफ्नो परिवारभित्र मात्र सिमित रहेर मनाउन आग्रह गरेका छन् । प्रशासनले आसन्न चाडपर्वमा सामुहिकरुपमा भेला, जम्मा भइ गरिने शुभकामना आदान–प्रदान, चियापान, समुहमा खेलिने खेलकुद, साँस्कृतिक कार्यक्रम र राजनैतिक तथा अन्य गतिविधि नगर्न÷नगराउन आग्रह गरेको छ । यस्तै, तिहारको समयमा हुने आगलागी र त्यसबाट हुने क्षतीलाई मध्यनजर गर्दै आतसबाजी, पटका लगायतका बिष्फोटक पदार्थ बेचबिखन र प्रयोग नगर्ने, बेलुका ८ बजेपछि मदिरा बेचविखन तथा बिक्री वितरण गर्न नदिने, सार्वजनिक रुपमा मदिरा सेवन गरी हो–हल्ला गरी शान्ति भंग गर्नेलाई नियमानुशार कारबाही गर्ने, जुवा तास तथा जुवाजन्य खेल खेल्ने÷खेलाउनेलाई पक्राउ गरी नियमानुसार कारबाही गर्ने प्रशासनले जनाएको छ ।