नक्कली नोटसहित तीन जना कारोबारी पक्राउ

सिराह । सिरहाको गोलबजार नगरपालिका– ६ बाट बिहीबार दिउँसो प्रहरीले नक्कली नोटका तीनजना कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–७ भेडियाका बिमलेन्द्रकुमार नायक, गोलबजार नगरपालिका –१२ बेतौनाका २५ वर्षीय धिरज राय कुर्मी र सोही ठाउँका २० वर्षीय संजय रायलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको सिरहा प्रहरी प्रमुख एसपी उमाशंकर पंजीयारले जानकारी दिए ।
वीरेन्द्र महतोको गोलबजारस्थित घरमा दुई वटा कोठा भाडामा लिएर नक्कली नोटको धन्दा संचालन भैरहेको सूचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलाल जयसवालको नेतृत्वको संयुतm सुरक्षा टोलीले(नेपाल र सशस्त्र प्रहरी) छापामा मारेर नक्कली नोट, नोट छाप्ने प्रीन्टरसहित तीनैजनालाई पक्राउ गरिएको एसपी पंजीयारले बताए ।
महतोको घरबाट एक हजार दरका ६ लाख ८८ हजार नक्कली नोट, ल्यापटप एक थान, प्रीन्टर एक थानसहितका सामग्रीसहित तीनैजनालाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय मिर्चैयाको हिरासतमा राखेर थप अनुन्धान भैरहेको डिएसपी जयसवालले बताए ।

प्रतिकृया दिनुहोस्