सामुदायिक वनबाट चिरान काठसहित एक पक्राउ

सामुदायिक वनबाट चिरान काठसहित एक पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उदयपुर । उदयपुरको एक सामुदायिक वन समूहबाट प्रहरी अवैध चोरीको चिरान काठसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । जिल्लाको बेलका नगरपालिका ९ स्थित माछापुछ्रे सामुदायिक वन उपभोक्रा समूहबाट प्रहरीले सखुवाको काठसहित सोही वडाका शसी थापामगरलाई पक्राउ गरेको हो ।

                इलाका प्रहरी कार्यालय रामपुरका निरीक्षकको कमाण्डमा खटेको गस्ती टोलीले बेलका ९ स्थित माछापुछ्रे सावउसको खोरियाटोलबाट अवैध चोरी गरी ल्याउदै गरेको अवस्थामा चिरान काठसहित मगरलाई पक्राउ गरेको हो । उनको साथबाट ७ फुट लम्बाईका चिरान बटम ९ थान बरामद भएको प्रहरीले जनाएको छ ।

                काठ ल्याउँदै गरेको अवस्थामा भेटिएका मगरलाई सोधपुछ गर्दा अवैध भन्ने खुलेपछि नियन्त्रणमा लिइएको इप्रका रामपुरलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पक्राउ काठ ५.३ क्युविक फिट अर्थात ३५ हजार हाराहारी मूल्य बराबरको रहेको बताइएको छ । पक्राउ काठ र मगरलाई अनुसन्धानपछि आवश्यक कारवाहीका लागि बेलकाकै ७ नं. मैनामैनी सव डिभिजन वन कार्यालयको जिम्मा लगाइएको प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताए ।